• विहीवार सूर्य ग्रहण लाग्ने, सूतककालमा भुलेर पनि नगर्नुस् यी काम यी काम

    December 23, 2019     9:54 pm

    यही वि.सं. २०७६ पौष १० गते बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार विहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनट सूर्य ग्रहरणको प्रभाव रहने ज्योतिषी दीपक सुवेदीले बताए । यतिबेलाको ग्रहणको बढी असर हुनसक्ने उनले बताए ।

    यसै पनि ग्रहण संक्रमणकारक हुन्छ । यसै पनि सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको भय हुने ज्यो. सुवेदीको भनाइ छ

    सूतककालको समयमा खानपिन, सुत्ने र पूजा गर्ने लगायतका कामहरू गर्न नहुने बताइएको छ । गर्भवती महिलाहरूले पनि आफ्नो विशेष ख्याल गर्नुपर्छ । वरिपरी कुनै धारिलो वस्तु राख्न हुँदैन । मन्दिर पनि सूतककाल सकिएपछि मात्र खोलिन्छ ।खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।