• हस्पिटालिटी नेपाल कन्टेस्टका लागि आवेदन खुल्यो

    December 23, 2019     5:58 am

    पोखरा, पौष ५ गते ।चौथो सँस्करणको हस्पिटालिटी नेपाल कन्टेस्टको लागि आवेदन खुल्ला भएको छ । एपी इन्टरटेनमेन्टको आयोजनामा हुने उक्त प्रतियोगिताको लािग आवेदन खुल्ला भएको शनिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
    
    देशभरबाट हस्पिटालिटी क्षेत्रसँग आबद्ध युवायुवतीले आवेदन भर्न सक्ने आयोजकका संस्थाका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए । ‘हामीले तिनवटा सँस्करणलाई उत्कृष्ट ढंगबाट सम्पन्न गरिसकेका छौँ । र, यो सँस्करण अझै बढि परिस्कृत हुने हामी दाबी गर्दछौँ । पाण्डेले भने–‘प्रतियोगीहरुका लागि यो पटक अझै बढि अवसरहरु हामीले सृजना गरेका छौँ ।’

    यस वर्षको कन्टेस्ट भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने गरी गर्न लागिएको कन्टेस्टका कार्यक्रम सँयोजक संगम रेग्मीले बताए।
    ‘नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको मनाउन तयारी गरिरहेको सन्र्दभमा भ्रमण वर्षलाई टेवा पुग्ने गरि चौथों सिजनलाई हामीले Special Edition For Visit Nepal 2020 को रुपमा सम्पन्न गर्ने तयारी गरिरहेका छौं’,रेग्मीले भने ।

    पोखराबाहेक काठमाण्डौ, बुटवल र चितवनमा पनि आयोजकले ‘कलेज क्याम्पेन’ गरेर प्रतियोगीहरु ल्याउने तयारी गरेको छ ।
    विभिन्न चरणको अडिसन पश्चात फाइनलका लागि देशभरबाट ३० जना प्रतियोगीहरु छनौट गरिने आयोजकले जनाएको छ ।
    प्रतियोगितामा हस्पिटालिटी क्षेत्रका विज्ञहरुले सहभागीलाई प्रशिक्षण दिनेछन् ।

    प्रशिक्षण हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित हुनेछ । प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । त्योसँगै नगद पुरस्कार र अन्य विभिन्न अवसरहरु आयोजकको तर्फबाट पाउनेछन।

    यसैगरि कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले भ्रमण २०२० लक्षित आन्तरिक भ्रमण प्याकेजको साथमा नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘कन्टेस्ट’मा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्के्टिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु दिईने आयोजकले बताएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।