• प्रथम इनास प्रिमियर कप फुटबल प्रतियोगिताको उपाधी आईकाड एफसी आबुधाबीलाई

    December 22, 2019     11:28 pm

    प्रथम इनास प्रिमियर कप २०१९ ११ ए साईड फुटबल प्रतियोगिताको उपाधी आईकाड एफसी आबुधाबीले हात पारेको छ । २० डिसेम्बर शुक्रबार आबुधाबीको शेख जायद स्टेडियममा सम्पन्न फाईनल खेलमा एफसी मिना फुटबल टिमलाई पेनाल्टी सुटआउटका आधारमा ५–४ गोलको अन्तरमा पछाडी पार्दै आइकाड एफसी बिजयी भएको हो ।

    एफसी मिनाको तर्फबाट खेल शुरू भएको पहिलो मिनेटमै पहिलो गोल गर्दै टिमलाई अग्रता बनाएका थिए तर खेलको दोश्रो हाफको १९ औ मिनेटमा आइकाड एफसीले पनि पहिलो गोल गरेर टिमलाई १–१ को बराबरी बनाएका थिए । २५–२५ मिनेट खेलाइएको खेलमा एफसी मिना फुटबल टिमको तर्फबाट गोल गर्ने धेरै अबसरहरु प्राप्त गरेपनि गोल गर्नबाट चुकेपछि एफसी आईकाड फुटबल टिमसंग पेनाल्टी सुटआउटमा जानुपरेको थियो र प्रथम इनास प्रिमियर कपको च्याम्पियनसिप बन्ने सपनाबाट पछाडी परेको थियो ।

    खेलमा प्रथमहुने आईकाड एफसीले नगद १ लाख ५० हजार सहित गोल्डकप, ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो हुने एफसी मिना टिमले नगद ७५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ । अनुशासित टिमको उपाधी भने युनाईटेड स्टार एफसीले ट्रफी, प्रमाणपत्र र नगद ६ हजार सहित हात पार्यो ।

    यस्तै खेलमा उत्कृष्ट खेलाडीका रुपमा आईकाड एफसीका विशाल पाख्रिन, बेष्ट डिफेन्सको उपाधी उपेन मगर, बेष्ट मिड फिल्डर तिलक चौधरी, बेष्ट किपरको उपाधी सुनिल श्रेष्ठ घोषित भएका थिए भने उनीहरु सबै जनाले नगद ३ हजार सहित ट्रर्फी प्राप्त गरेका थिए ।

    एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाद्वारा बल रेफ्रीलाई दिएर उदघाटन गरिएको यस प्रतियोगितामा युएईका सबै राज्यहरूबाट १४ वटा टिमको सहभागिता थियो । बिजेता र उपबिजेता टिमका खेलाडीहरुलाई बरिष्ठ समाजसेवी चन्द्रप्रसाद सापकोटा, समाजसेवी एकेन्द्र थापा, एनआरएनए मध्यपूर्व संयोजक मनोज गोर्खाली तथा समाजसेवी लोकेन्द्र बमले पुरुस्कार प्रदान गरेका थिए । पुरुस्कार प्रदान गर्दै विशेष अतिथी सापकोटाले इनास प्रिमियरले इनासलाई कलाकारिताको क्षेत्रमा मात्र नभएर अबदेखि नेपाली खेलकुद क्षेत्रमा पनि चिनाउन थालेको कुरा गरे ।

    ब्यबस्थित, भब्य र सभ्य रुपमा इनास प्रिमयर कप ११ ए साईड फुटबल प्रतियोगिता सम्पन्न गरेकोमा बधाई र धन्यवाद दिँदै आगामी दिनमा सधै साथ रहने र हातेमालो गर्न तयार रहेको कुरा समाजसेवी एकेन्द्र थापाले बताए ।

    समापन समारोहमा इनास युएईका अध्यक्ष राम तामाङ, इनास आबुधाबीका अध्यक्ष सागर क्षेत्री, प्रायोजक ईन्डेक्स एक्सचेन्जका नविन पौडेल, नेपाली समाज युएईका खेल संयोजक हिरालाल श्रेष्ठ, खेल विश्लेषक राउल श्रेष्ठ, इनास खेलकुद संयोजक दुर्गा सुनुवार तथा व्यवस्थापक सूर्य सुनुवार लगाएतले खेल भब्य रुपमा सफल भएकोमा सबै सहयोगी क्लबहरू र खेलाडीहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।