• बार एसोसिएसन निर्वाचन मतगणना जारी लोकतान्त्रिक समूहको अग्रता

    April 2, 2019     8:13 pm

    पोखरेली न्युज चैत १९ / नेपाल बार एसोसिएसनको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । आज साँझ ६ बजेसम्म प्राप्त मनगणनाको परिणामअनुसार अधिवक्ता सुनील पोखरेलले नेतृत्व गरेको लोकतान्त्रिक समूह (डीएलए) ले थोरै मतले अग्रता लिएको छ।
    प्राप्त परिणामअनुसार, अध्यक्षमा पोखरेलले ९८३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका उम्मेद्वार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले ९२४ मत हासिल गरेका छन्।

    त्यसैगरी, महासचिव र कोषाध्यक्षमा लोकतान्त्रिक समूहका लिलामणि पौडेल र तेजबहादुर रावलले क्रमशः ९६४ र ८९० मत पाएका छन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्र थापा र रुद्र पोखरेलले क्रमशः ९०० र ९५६ मत पाएका छन् ।

    आज साँझसम्म उपत्यकाबाहिरका पाँच ठाउँबाहेक सबै मत गणना सकिने छ । दाङ देउखुरी, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरको मात्र मत गणना बाँकी रहने जनाइएको छ । एसोसिएसनको चैत १६ गते नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।