• मिस नेपाल श्रृङखला खतिवडा पोखराको द फेशन सोको र्याम्पमा

    December 22, 2019     10:45 pm

    पोखरा, ६ पौष । मिस नेपाल श्रृङखला खतिवडा पोखराको फेशन र्याम्पमा देखा परेका छन् । शुक्रबार पोखरामा भएको द फेशन सन् २०१८ का मिस नेपाल वल्र्ड श्रृङखला खतिवडा सहित मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, नेपाली चलचित्रका नायिका अना शर्मा , सुपर मोडेल सविता कार्की, सृजना रेग्मीले र्याम्पको माहोल तताएका थिए ।

    इलेमेण्ट रेष्ट्रो एण्ड बार खहरे लेकसाइडमा भएको सोमा पोखराका मोडेलहरु काशु गुरुङ्ग, सिम्रन गौचन, सिम्रन क्षेत्री, सबनम सुनार, अनुपमा बास्तोला, स्वरुपा स्थापित, रोशनी आचार्य, सेहनाज बानु, अक्स्मी क्षेत्री, कृतिका भुजेल र गंगा ग्याबकले र्याम्प वक गरेका थिए । यस्तै पुरुष मोडेलहरुमा नविन लिम्बु, हिंमाशु टि.बी राना, तोर्डन मगर, इशान गुरुङ्ग र जेनिथ गुरुङ्गले साथ दिएका थिए । ४ वटा सिक्वेन्समा भएको सोका लागि डिजाइनरहरु तेन्जिन भुटिया, मनिष राई, रचयिता माकाजु र सन्देश राईले पोशाक डिजाइन गरेका थिए । सोही र्याम्पमा मिस तामाङ २०२० का प्रतियोगीहरुले पनि र्याम्प वाक गरेका थिए ।

    वाइज मन्कीको आयोजनामा भएको सोका लागि पोखरा र काठमाण्डौका गरि डेढ दर्जन मोडलहरुले सहभागीता जनाएका थिए । राती अबेर सम्म चलेको फेशन सोमा आधुनिक नृत्य पनि प्रस्तुत गरिएको थियो । इभेन्ट म्यानेजर सनिज गुरुङ्गले पोखरालाई फेशन र संगीतको राजधानीका रुपमा चिनाउन फेशन सो गरिएको बताए । कार्यक्रम संयोजक रविन पराजुलीले पोखराको फेशन ट्रेण्ड तथा फेशन सोहरुलाई अझ स्तरिय बनाउन कार्यक्रम गरिएको सुनाए । कार्यक्रममा फेशन प्रति लगाव राख्ने ४ सय दर्शकको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य प्रायोजक सुजुकी बर्गम्यान टु ह्विलर्सले गरेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।