• ईपीएस सीप परीक्षणको नतिजा सार्वजनिक (नतिजा सहित)

    December 19, 2019     11:17 pm

    काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । सन् २०२० का लागि लिइएको कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएको थिए ।

    जसमा १२ हजार १० जनाले भाषा परीक्षा पास गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ६ हजार ७ सय ७३ जनाले मात्र सीप परीक्षा उत्तीर्ण गरेको कोरियाको मानव संशाधन केन्द्र (एचआरडी)ले जनाएको छ । उत्पादन र कृषि क्षेत्रमा कति संख्यामा सीप परीक्षामा उत्तीर्ण भएभने भन्ने विषयमा भने विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।

    ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य पास हुनुपर्ने छ ।

    सीप परीक्षणमा पास भएका परीक्षार्थी मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने ईपीएस शाखाले जनाएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका थिए ।

    स्किल टेष्ट भिडियोका आधारमा कोरियाले यसै वर्षदेखि भाषा परीक्षामा उत्तीर्ण हुने प्रशिक्षार्थीले सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको थियो । भाषा परीक्षा पास भएकाहरूले स्किल टेष्ट दिनु पर्छ । स्किल टेष्टमा ब्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्छ र रोजगारदाताले उक्त भिडियो हेरेर नेपाली श्रमिकको छनोट हुने गरेको छ ।

    कोरियाको श्रम बजारमा स्थानीय कामदारको अभाव भएपछि कोरिया सरकारले सन् २००४ देखि रोजगार अनुमति प्रणालीअनुसार विदेशी कामदार लैजान शुरु गरेको थियो । भने, नेपालबाट सन् २००८ बाट मात्र कामदार लिन थालिएको हो । साना र मझौला रोजगारदाताले कोरिया सरकारसँग विदेशी कामदार ल्याउन अनुमति लिनुपर्छ ।

    भाषा परीक्षामा उत्तीर्ण झन्डै १० हजार नेपाली कोरिया जान पाएका छैनन् । पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । हाल, कोरियामा ४४ हजारभन्दा धेरै नेपाली कामदार रोजगारीमा कार्यरत रहेको सरकारी तंथ्याकमा छ । भाषा परीक्षामार्फत करिब ६० नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् । जसमा ७ हजारभन्दा धेरै महिला पनि रोजगारीका लागि कोरिया पुगेको शाखाले जनाएको छ ।

    नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् https://eps.hrdkorea.or.kr/epstopik/pass/candidate/sucessReportList.do?lang=en&fbclid=IwAR3TCGtlRg0gWS0ibic9ONrWe1a6nBwv_7-VU6DPEqPFuKn5LAZuYqNeDc4

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।