• पैसा नजोगिएर हैरान हुनुहुन्छ ? यी हुन् राशी अनुसारका उपाय

    December 19, 2019     11:09 pm

    कतिपय मानिस चाहेर पनि कर्जाबाट मुक्ति पाउँदैनन् । भएको सम्पत्ति अनुसार खर्च बढी हुदा“ वा दैनिक खर्चलाई ब्यवस्थापन गर्न नसक्दा कर्जा लिनुपर्ने अवस्था आउने गर्दछ । कमाए पनि पैसा नै नजोगिने समस्याका कारण चिन्तित हुनुहुन्छ होला ? यस्ता समस्याका कारण धेरै पीडित भएका हुन्छन् तर यसको समाधान पनि छ । धर्मशास्त्रका अनुसार राशी अनुसार यसलाई समाधान गर्न सकिन्छ ।

    मेष राशी कर्जाबाट मुक्ति पाउनका लागी मेष राशीका ब्यक्तिले हरीयो रंगको गणेश मुर्ति वा पिपल पातमा गणेश आकृती बनाई पूजा अर्चना गर्नुपर्छ । हरेक बिहान, गणेशलाई दूबो अर्पित गर्नुपर्दछ ।

    वृष राशी वृष राशीका ब्यक्तिले देवी लक्ष्मीको बिषेश आरधना गर्नुपर्दछ । हरेक दिन रातो गुलाफको फुल अर्पित गरी लक्ष्मीको उपसना गर्नुपर्दछ । साथै शुक्रवारका दिन मिश्री दान गर्नुपर्दछ ।

    मिथुन राशी कर्जाबाट मुक्ति पाउन मिथुन राशीका ब्यक्तिले हरेक मंगलवार ब्रत राख्नु पर्दछ । हनुमानजीको बिषेश आरधना गरी हनुमान मुर्तीको पाउ धुदा धनयोगको संयोग बन्नेछ ।

    कर्कट राशी कर्कट राशीका ब्यक्तिले कर्जाबाट मुक्ति पाउन सकेसम्म मांसाहारी भोजन गर्नु हुदैन । सात्विक भोजन गर्नुपर्दछ । साथै हरेक बिहिबार केरा दान गर्नाले समेत कर्जा हट्नेछ ।

    सिंह राशी कर्जाबाट मुक्ति पाउन सिंह राशीका ब्यक्तिले शनिवार पीपलको फेदमा सरस्युको तेलमा दियो बाली दिप दान गर्नु पर्दछ । साथै फलामको औठि धारण गर्नुपर्दछ ।

    कन्या राशी कर्जाबाट मुक्ति पाउन कन्या राशीका ब्यक्तिले शिवजीलाई पानिमा तिल मिसाएर उक्त जल अर्पण गर्नुपर्दछ । साथै शनिवारका दिन पारेर मिठो तथा गुलियो परीकार दान गर्नुपर्दछ ।

    तुला राशी तुला राशीका ब्यक्तिले बिहिबार विष्णु सहस्त्रनामको पाठ गर्नुपर्दछ । सकेसम्म उक्त दिन पहेलो रंगको वस्त्र धारण गरेमा बिशेष लाभ हुने गर्दछ ।

    वृश्चिक राशी कर्जाबाट मुक्ति पाउन वृश्चिक राशीका ब्यक्तिले हरेक मंगलवार हनुमानजी लाई तुलसीको दल अर्पित गर्नुपर्दछ । साथै बुधवार पशुलाई चारो ख्वाउनु पर्दछ ।

    धनु राशी धनु राशीका ब्यक्तिले हरेक बिहान भगवान विष्णु र देवी लक्ष्मीको पुजा उपासना गरे कर्जाबाट मुक्ति मिल्नेछ । साथै हरेक शुक्रवार कन्याहरुलाई सेतो मिठाई बाडेमा तत्काल धनयोग हुनेछ ।

    मकर राशी कर्जाबाट मुक्ति पाउन हरेक बिहान गणेशजीको आरधना र आरती गर्नुपर्दछ । साथै हरेक बुधवार गणेशजी लाई हरीयो रंगको इलाइची अर्पित गरी प्रसन्न बनाएमा धन प्राप्ती हुनेछ ।

    कुम्भ राशी कुम्भ राशीका ब्यक्तिले हरेक सोमवार शिवलिंगमा गंगाजल अर्पित गर्नाले कर्जाबाट मुक्ति पाउनेछन् । सेतो रंगको रुमालमा सेता अक्षता पूजा स्थानमा राखेमा धनयोग बन्नेछ ।

    मीन राशी कर्जाबाट मुक्ति पाउन मीन राशीका ब्यक्तिले नित्य सूर्य देवलाई बिहान जल अर्पित गर्नुपर्दछ । साथै हरेक आइतबार गाईलाई सख्खर र रोटि ख्वाउनाले साता भित्रमा धनयोग बन्नेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।