• सुरक्षा पन्तको शीर्ष भूमिका रहेकोचलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक

    December 19, 2019     10:42 pm

    काठमाडौं – चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । ट्रेलरमा आमाको मायालाई भावनात्मक ढंगमा प्रस्तुत गरिएको छ । सुरक्षा पन्त, मिथिला शर्मा, देशभक्त खनाल मनिष निरौला, टीका पहारी, देशभक्त खनाल लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो चलचित्रलाई शर्मिला खनालले निर्माण गरेकी हुन् ।

    दीपेन्द्र के खनालको कथा तथा छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । ट्रेलर हेर्दा दमदार लाग्छ । मध्यमवर्गीय परिवारका एक सदस्य अस्पतालमा भर्ना हुनुपरेपछि लाग्ने शुल्क र त्यसको खोजीमा जुटेको परिवार र परिवारमा आएको विचलनले पारेको प्रभावलाई चलचित्रमा देख्न सकिन्छ । डिएस डिजिटलको प्रस्तुतिमा बनेको यो चलचित्र फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।