• महानगरद्धारा ६२ औ सहकारी दिवसको अवसरमा अन्र्तरक्रिया

    April 2, 2019     7:43 pm

    पोखरा १९ चैत । पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सहकारीको पबद्र्धन र व्यवस्थापनका बारेमा महानगरले सहकारी ऐन निर्माण गरेको बताएकी छन् । ६३ औ राष्ट्रिय सहकारी दिवसको अवसवरमा पोखरा महानगरपालिकाको आयोजनामा मंगलबार सहकारी सम्वन्धि अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले केन्द्र र प्रदेशसंग नबाझिने गरि महानगरले ऐन तथा नियमावली बनाएर सहकारीलाई व्यवस्थित गर्ने काम सुरु गरेको बताउदै पोखरा महानगरले सहकारी सम्वन्धि बनाउने ऐन, नियमावली उत्कृष्ट हुनुपर्ने बताइन् ।
    उनले देशकै ठूलो महानगर भएकाले पोखराले कस्तो ऐन बनाउर्छ भन्ने चासो रहेको बताउदै सवैले अनुशरण गर्नसक्ने गरि ऐन, नियमावली बनाउनुपर्ने बताइन । कास्की जिल्ला सहकारी संघका उपाध्यक्ष बलराम गौतमले सहकारीले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भुमिका खेलेको बताए ।
    कार्यक्रममा सहकारीकर्मी पुण्यप्रसाद पौडेल, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकाल, महानगर सहकारी व्यवस्थापन समितिका सदस्य ओमप्रसाद सुवेदी लगायतले सहकारीका बारेमा बोलेका थिए । कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले महानगरले बनाएको सहकारी ऐन र महानगर सहकारी व्यवस्थापन समितिका सदस्य भीम गुरुङले अव बन्ने सहकारी नियमावलीमा समावेश गरेर जानुपर्ने विषयका बारेमा जानकारी गराएका थिए । कार्यक्रम पोखरा महानगर सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीको अध्यक्षतामा भएको थियो ।
    तस्विर पनि छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।