• अमेरिकी राष्ट्रपतिमाथि महा’भियोग, अब यस्तो हुन्छ प्रक्रिया

    December 19, 2019     10:25 pm

    काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महा’भियोग लागेको छ । ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महा’भियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्। अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महा’भियोग लागेपछि अब ट्रम्प राष्ट्रपति रहने वा नरहने भन्ने बहस शुरु भएको छ । अहिलेकै अवस्थामा ट्रम्पको राष्ट्रपति पद गु’म्ने छैन् । अब त्यो मु’द्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ ।

    माथिल्लो सदन सिनेटले पनि ट्रम्पवि’रुद्ध महा’भियोग लगाए उनको राष्ट्रपति पद गुम्ने छ । माथिल्लो सदनमा ट्रम्पको पक्षमा मत आउने छ । जानकारहरुका अनुसार यदी २० रिपब्लिकन मत ट्रम्पको वि’पक्षमा गए उनी राष्ट्रपतिबाटै हट्नुपर्ने अवस्था आउने छ । तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दु’रुपयोग गरे भन्ने आ’रोपको पक्षमा मतदान गरेको छ।

    मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने वि’पक्षमा १९७ मत परेको थियो।अमेरिकाको ४५ औं राष्ट्रपति बनेका ट्रम्प महा’भियोग लाग्ने तेस्रो राष्ट्रपति हुन् । यसअघि सन् १८६८ मा लिन्डन बी जोनसन र १९९८ बिल क्लिन्टनमाथि महा’भियोग लागेकाे थियो । यी दुवै राष्ट्रपतिले आफ्नो कुर्सी जोगाएका थिए । त्यस्तै रिचर्ड निक्सनले भने महा’भियोग भन्दा अघि नै राजीनामा दिएका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।