• पीपीएल क्रिकेट :चितवनको लगातार दोस्रो जित

    December 19, 2019     10:22 pm

    पोखरा – पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ । पोखरा क्रिकेट मैदानमा बिहिबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै चितवन अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

    चितवनले दिएको २ सय ४ रनको ठूलो लक्ष्य पछ्याएको बुटवल १८ ओभर ४ बलमा अलआउट हुँदै ८४ रनमा समेटियो । बुटवलका लागि शिबम सिंहले सर्वाधिक ३३ तथा भिम सार्कीले २१ रन बनाए । हरि चौहानले १२ रन बनाए ।

    बुटवलविरुद्ध चितवनका बलर करण केसीले ४ विकेट लिए । यस्तै, रोहन मुस्तफाले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

    चितवनको उच्च योगफलमा पारस खड्का र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले ।पारसले ४० बलमा ६ चौका र २ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोहनले अविजित ७० रन बनाएका थिए । रोहनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए । यस्तै आरिफ शेखले ४० रन बनाए । बुटवलका अफ्ताबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए । जितसँगै चितवनले २ खेलमा स्पष्ट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।