• उच्च अदालतद्वारा जिल्लाको आदेश सदर, महरा थुनामै रहने

    December 19, 2019     9:56 pm

    काठमाडौं– उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई ब’लात्कारको प्रयास गरेको आरोपमा पुर्पक्ष थु’नामै राखेर मुद्दाको सुनुवाई गर्नुपर्ने आदेश जारी गरेको छ । विहीवार मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको हो ।

    संसद सचिवालयमा कार्यरत कर्मचारीलाई ज’बर्जस्ती कर’णी गर्ने प्रयास गरेको आरोपमा पु’र्पक्षका लागि थुनामा रहेका महरा उच्च अदालत पाटनको यो आदेशपछि थु’नामै रहने भएका छन् । गत कार्तिक १८ गते जिल्ला अदालत काठमाडौं तत्काल प्राप्त प्रमाणका आधारमा क’सुरमा संलग्न होइनन भन्नसक्ने अवस्था नरहेको भन्दै निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्ष थु’नामा पठाउने आदेश गरेको थियो ।

    जिल्ला अदालतको आदेशपछि महरा डिल्लीबजार कारागारमा छन् । संसद सचिवालयमा कार्यरत एक कर्मचारीले आफूमाथि ब’लात्कारको प्रयास गरेको भन्दै महरा विरुद्ध उजुरी गरेकी थिइन् । उनलाई असोज १९ मा पक्राउ गरेको थियो भने झण्डै एक महिनाको अनुसन्धानपछि कार्तिक १४ गते जिल्ला अदालतमा मु’द्दा दायर भएको थियो। खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।