• गरुड पुराणः दैनिक यी पाँच काम गर्नुस्, मिल्नेछ सफलता

    December 18, 2019     11:25 pm

    हिन्दू धर्मग्रन्थमा मानव जीवनलाई सहज बनाउन तथा नित्य कर्मका विषयमा जानकारी दिइएको पाइन्छ । जसअन्तर्गत आज हामीले गरुड पुराणमा भएका केही कुराहरुलाई यहाँ प्रस्तुत गरेका छौं । गरुड पुराणमा मानिसले बिहान उठ्नासाथ निम्न ५ कुरामा ध्यान दिन सुझाएको पाइन्छ । गरुड पुराणमा एक श्लोक छ, जसमा मानिसले नित्य गर्नुपर्ने कामको बारेमा बताइएको छ ।

    स्नानं दानं होमं स्वाध्यायो देवतार्तनम् ।
    यस्मिन् दिने न सेव्यन्ते स वृथा दिवसो नृणाम् ।।

    स्नान अर्थात नुहाउनु गरुड पुराणले मानिसले नित्य स्नान गर्न अर्थात नुहाउन भनिएको छ । दिनको शुरुवातमा स्नान गर्नु धार्मिक पुराणका अनुसार अनिवार्य छ । स्नान गरेपछि मात्र मानिसको शरीर पवित्र हुने तथा यसले दिनभर राम्रो ऊर्जा संचार गर्ने बताइएको छ ।

    दान गर्नु कैयौं धार्मिक ग्रन्थ तथा पुराणमा दान गर्नु महत्वपुर्ण हुने बताईएको छ । हरेक ब्यक्तिले आफ्नो श्रद्धा अनुसार गच्छे अनुसारको केही वस्तु दैनिक दान गर्नुपर्ने पुराणमा उल्लेख छ । यसो गर्नाले देविदेवता प्रसन्न भई सदा धनधान्यले भरीपुर्ण हुने तथा इश्वर कृपा हुने बताइएको छ ।

    हवन गर्नु वा दियो बाल्नु घरमा सुख शान्तिका लागी गरुड पुराणमा हरेक मानिसले दिनचर्याको कुनै एक अवधिमा हवन गर्नुपर्ने वा हवन कार्यमा सहभागि वा सरिक हुनुपर्ने उल्लेख छ । यदि दैनिक हवन गर्न नसकिएमा भगवानका नाममा मन्दिर, पुजाकोठा वा तुलसिको मठमा दियो बाल्नु पर्ने बताइर्एको छ ।

    जप हिन्दु मान्यता अनुसार दैनिक श्रद्धा तथा भक्तिपुर्वक विश्वासका साथ जाप गर्नुपर्ने बताइएको छ । गरुड पुराणमा पनि मानिसले दैनिक दिनचर्यामा जप गर्नुपर्ने लेखिएको छ । शास्त्र अनुसार जप गर्नु मनुष्य जिवनका लागी निकै लाभदायक मानिएको छ । यसले शुभ फल दिने बताइएको छ ।

    देवपूजन गरुण पुराणले दैनिक स्नान पछि भगवानको पुजाआराधना गर्नुपर्ने बताएको छ । पुरणमा पूजापछि भगवानलाई भोग लगाउनु पर्ने तथा नित्य भगवानको महिमा गान गर्नुपर्ने उल्लेख छ । यसरी नित्य गरीने पुजाले घरपरिवारमा भगवानको कृपा रहने तथा परीवारमा कुनै संकट नआउने विश्वास गरिन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।