• पुस महिनामा भुलेर पनि गर्नुहुँदैन यी काम

    December 18, 2019     11:21 pm

    हिन्दु पञ्चांगको ९ औं महिना पुस हो । यस महिनामा हेमन्त ऋतुको प्रभावका कारणले चिसो बढ्ने गर्दछ । धार्मिक मान्यता अनुसार यस महिनामा सूर्यबाट आउने ११ हजार किरणले प्राणीलाई स्वास्थ्य र ऊर्जा प्रदान गर्दछन् । धार्मिक शास्त्रका अनुसार पौष महिनामा नियमित सूर्य देवको उपासना गर्नाले जीवनमा सफलता र सम्पन्नता प्राप्त हुने विश्वास गरिन्छ । पुस मांगलिक कार्य भने अभुश मानिन्छ । पौष महिनामा गर्न हुने र नहुने कामहरुको विषयमा यहाँ चर्चा गरिएको छ ।

    विवाह पौष महिनामा गर्न नहुने प्रमुख काम भनेको विवाह हो । यस मिहनामा विवाह गर्नु शुभ मानिदैन । धार्मिक मान्यता अनुसार पौषमा विवाहको चर्चा गर्न पनी बन्देज गरिएको छ ।

    शुभकार्य पौष महिनामा मुलतः कुनै पनि शुभकार्य गर्न हुँदैन । भूमि पूजन, गृह प्रवेश, छेवर तथा ब्रतबन्ध समेत पौष महिना गर्न नुहने शास्त्रमा उल्लेख गरिएको छ ।

    सूर्यको अपहेलना पौष महिनालाई सूर्य देवको पूजाका लागी विशेष मानिन्छ । धार्मिक मान्यता अनुसार यस महिनामा सूर्यमा समर्पित रहन्छ । तसर्थ पौष महिनामा सूर्यको अपहेलना गर्नुहुँदैन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।