• भगवान सूर्यको उपासना गर्दा पौष महिनामा मिल्नेछ यस्तो लाभ

    December 18, 2019     11:15 pm

    पौष महिनालाई सूर्य देवको पूजाका लागी विशेष मानिन्छ । धार्मिक मान्यता अनुसार यस महिनामा सूर्यमा समर्पित रहन्छ । पौष महिनामा सूर्यको पूजा उपासना गर्नुपर्ने शास्त्रहरुमा उल्लेख गरिएको छ । सूर्य भगवानको पूजा गर्नाले के फल मिल्छ ?

    धन फिर्ता हुने पौष महिनामा रोकिएको धन प्राप्त गर्न सूर्य उदय हुनु अघि उठेर स्नान गरी फिक्का रातो रंगको कपडा पहिरीएर १०८ पटक सूर्य मन्त्रको जप गर्नुपर्छ । यसरी मन्त्र जप गर्दा रुद्राक्षको मालामा गर्नुपर्छ । त्यसपछि तामाको अम्खरामा पानि भरेर २७ पटक ॐ मन्त्रको जप गरेपछि उक्त पानीलाई घरका सबैभागमा छर्कनु पर्दछ । २७ दिनसम्म यसो गर्नाले तपाईको रोकिएको धन फिर्ता हुनेछ ।

    सूर्य मंत्र – ॐ घृणि सूर्याय नमः

    जागिर पाइने विश्वास बिहान छिटो उठेर स्नान गरी सूर्य देवलाई तामाको अम्खरामा भरिएको पानीमा सख्खर मिसाएर रातो रंगको कपडा पहिरीएर सूर्यलाई अर्घ दिई, अर्घ दिइएको स्थानलाई ३ पटक परिक्रमा गर्ने । साथै आइतबारको दिन बिहानै तामाको भाडामा सख्खर र रातो कपडा राखी त्यसलाई दान गर्ने । सधैँ आफ्ना आमाबुवाको चरण स्पर्श गरी दैनिक जीवनमा भएका जानअन्जान गल्तिको माफी माग्नाले जीवनमा सफलता मिल्ने तथा सौभाग्यको अवसर मिल्नेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।