• भारतले नेपाली भूमि अ’तिक्रमण गरेको वि’रोधमा अमेरिकामा नेपालीहरुले गरे प्रदर्शन

    December 18, 2019     10:48 pm

    काठमाडौं । भारतले नेपाली भूमि अ’तिक्रमण गरेको वि’रोधमा अमेरिकामा नेपालीहरुले प्र’दर्शन गरेका छन् । अमेरिकामा रहेका प्रवासी नेपालीहरुले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेको बि’रोधमा वासिङटन डिसीस्थित हृवाइट हाउस नजिकै पार्कमा बि’रोध प्रदर्शन गरेका हुन् ।

    जु’लुस त्यहाँस्थित भारतीय दूतावास परिसरमा पुगेर लिपुलेक, कालापानी, लिम्पियाधुरा खाली गर, नेपाली भूमिबाट फिर्ता जाऊ, नेपाली भूमि अ’तिक्रमण बन्द गरलगायत नारा लगाएका थिए ।कार्यक्रममा नेपालका अवैतनिक महावाणिज्यदूत प्रेम राजा महतले देशभक्ति गीत सुनाएका थिए भने गायक रामप्रसाद खनालले भारतलाई व्यङ्ग्य गर्दै कविता सुनाएका थिए ।

    खेम संग्रौला र श्याम सुन्दर आचार्यले रातोर चन्द्र सूर्य जंगी निशान हाम्रो गीत प्रस्तुत गरेका थिए भने अन्य सहभागीहरुले कविता वाचन गरेका थिए । कार्यक्रममार्फत उनीहरुले नेपाल सरकारलाई सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्न सुझावसमेत दिएका थिए ।

    प्रदर्शन बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिकाको संयोजकत्वमा विभिन्न संघसंस्थाको आयोजनामा भएको हो ।प्रदर्शनका क्रममा नेपाली सीमा मिचिएको सम्बन्धी जानकारी पत्रसमेत वितरण गरिएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।