• सीमा अ’तिक्रमणविरुद्ध क्यानडामा प्र’दर्शन

    December 18, 2019     10:43 pm

    टोरोन्टो (क्यानडा ) । नेपाली सीमा अ’तिक्रमण गरेको भन्दै गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वयन परिषद् (एनसीसी) क्यानडाले भारतविरु’द्ध प्रदर्शन गरेको छ । टोरोन्टोस्थित भारतीय दूतावास अगाडि एनआरएनए क्यानडाको नेतृत्वमा भारतवि’रुद्ध वि’रोध प्र’दर्शन भएको हो । उनीहरुले भारतीय दूतावासमा बि’रोध पत्रसमेत बुझाएका छन् ।

    टोरोन्टोको स्कारबोरो, मिसिसागा ब्राम्पटनलगायत ग्रेटर टोरोन्टोका विभिन्न सहरबाट वि’रोध प्रद’र्शनमा नेपाली समुदायका प्रतिनिधि सहभागी भएका थिए । प्रदर्शनमा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुले भारतले नेपाली सीमा क्षेत्र अ’तिक्रमण तत्काल ब’न्द नगरे क्यानाडावासी नेपालीहरुले थप कदम चाल्ने उद्घोष गरेका थिए ।

    साथै सहभागीहरुले नेपाल सरकारलाई कूटनीति पहल गरी सीमा स’मस्या शीघ्र समाधान गर्न आग्रह गरेको एनआरएनए क्यानडाका मिडिया कोडनेटर बद्री तिमल्सिनाले जानकारी दिए । प्र’दर्शनपछि एनआरएनए क्यानाडाका अध्यक्ष चिञ्जीवी घिमिरे, पूर्वअध्यक्ष एवम् वर्तमान आईसीसी सदस्य गापीकृष्ण काफ्ले, संस्थापक नवराज गुरुङ, वर्तमा उपाध्यक्ष विजय पौडेललगायतले बोलेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।