स्टेशनमा नया परिकार झिरले मन लोभ्याउदै, थ्रिडी चित्र अझ आकर्षक
December 18, 2019 10:38 pm
पोखरा, २ पौष । गैह्रापाटन स्थित स्टेशन द फुड एण्ड ससेज पार्कले आफ्नो सेवा र क्षेत्रलाई विस्तार गरेको छ । विगत डेढ दशकदेखि ग्राहकहरुको मन जित्दै आएको स्टेशन नया स्वरुपका साथ सञ्चालनमा ल्याउन लागेको सञ्चालक आयुष श्रेष्ठले जानकारी दिए ।
स्टेशन युवा पुस्तामाझ परिचित नाम हो । मःम, ससेज तथा आलुका परिकारका लागि प्रख्यात स्टेशनले नयाँ परिमार्जित स्थानमा झिरको सुविधालाई पनि विस्तार गरेको छ । ‘ग्राहकको चाहनालाई मध्यनजर गर्दै हामीले स्वदिलो झिरलाई पनि मेनुमा समाबेश गरेका छौं ।’ श्रेष्ठले गैरापाटनको पहिले भएको स्थानको आडैमा पुरै घरलाई नया स्वरुप र थिममा थ्रिडी आर्टका साथ सेवा सञ्चालन गर्न लागिएको बताए ।
स्ट्रिट फुडबाट व्यवसाय शुरु गरेका आयुषले अहिले ३ तलाको घरमा स्टेशनलाई नया लुक्स दिएका छन् । बाहिरको लुक्सबाट नै स्टेशनको फरकपनलाई महसुस गर्न सकिन्छ । हरेक फ्लोरमा फरक फरक थ्रिडी आर्टले ग्राहकको मन लोभ्याउने छ । पोखरामा नै पहिलो प्रयोग गरिएको थ्रिडी आर्टका लागि मात्रै पनि मिहेनत र खर्च धेरै लागेको उनले सुनाए ।
स्टेशनको नया लोकेशनमा अहिलो प्रि ओपनिङ्ग चलिरहेको छ । थ्रिडी आर्ट पुर्ण रुपमा सकिएपछि माघ महिनाबाट सम्पुर्ण सेवाका साथ ओपनिङ्ग गरिने स्टेशनका सञ्चालक श्रेष्ठले बताए । स्टेशनको मःम, तारेको आलु, ससेज, चाउमिन लगायतका फास्टफुड लोकप्रिय रहेको छ । ग्राहकको माग अनुरुप विभिन्न फ्लेवरका झिर पोल्न थालेका आयुषले स्वाद र गुणस्तरमा कम्प्रोमाइज नगर्ने सुनाए । अहिले चिकेन्, पोर्क, बफ तथा मटन झिर उपलब्ध रहेको छ ।