• चिसो बढेपछि विद्यालयमा बिदा दिने निर्णय

    December 18, 2019     9:55 pm

    कञ्चनपुर । अत्यधिक चिसो बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ । दुई दिनदेखि शीतलहरसँगै चिसो बढेसँगै यही पुस ३ र ४ गते नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको हो ।

    चिसो बढेपछि बालबालिकालाई विद्यालय जान अप्ठ्यारो हुनुका साथै कक्षा कोठामै चिसोका कारण पठनपाठनमा बाधा पुग्न थालेपछि बिदा दिने निर्णय गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

    नगरपालिका क्षेत्रका सबै विद्यालयलाई बिदा दिने निर्णयबारे जानकारीसमेत दिइएको छ । भीमदत्तसँगै शुक्लाफाँटा नगरपालिका क्षेत्रका निजी विद्यालयले पनि विद्यालयमा चार दिन बिदा दिएका छन् । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।