• काठमाडौंले धनगढीलाई दियो १८६ रनको चुनौती

    December 18, 2019     11:54 am

    काठमाडौं २ पुष । पोखरा प्रिमियर लिग पीपीएल टी(ट्वान्टी क्रिकेट लिग अन्तर्गत अहिले काठमाडौं गोल्डेन वारियर्सन र धनगढी ब्लुजबीचको खेल जारी छ ।

    जारी प्रतियोगितामा काठमाडौं गोल्डेन वारियर्सनले धनगढी ब्लुजलाई १ सय ८६ रनको चुनौती दिएको छ ।पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । उसका कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले । उनले ३८ बलमा ८ चौका र ९ छक्का प्रहर गर्दै सय रन बनाए ।

    यस्तै जयकिशन कोल्सावालाले ४६ रनको इनिङ्स खेले । ३७ बल खेलका उनले ४ चौका र २ छक्काको मद्दतमा अर्धशतकबाट ४ रानाले चुके । मल्ल र कोल्सावालाले तेस्रो विकेटको लागि शतकीय रनको साझेदारी गरेका थिए ।

    खराब मौसमको कारण ढिलो शुरु भएको खेल १७ ओभरमा घटाइएको थियो । यस संस्करणमा काठमाडौंले बनाएको रन प्रतियोगिताको सर्वाधिक रन हो ।धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । प्रतियोगितामा काठमाडौं पहिलो जितको खोजीमा रहेको छ भने धनगढी लगातार दोस्रो जित निकाल्न चाहान्छ ।

    सोमबार भएको पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो ।एक जित निकालेको धनगढी २ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजित काठमाडौँ भने अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।