मायालु” लाई भेटे्न आतुर स्वरुप र आर. सि (भिडियो सहित)
April 2, 2019 5:15 pm
लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गीतकार तथा सङ्गीतकार हुन् आर. सि थापा । अष्ट्रेलियाको ब्यस्त जीवनमा पनि सङ्गीत सिर्जनामा त्यतिकै ब्यस्त देखिन्छ । करिब दुई बर्ष अघि लोकप्रिय गायक सत्य-स्वरुप संगको सहकार्यमा ” प्रारम्भ ” नामको गीती एल्बम सार्बजानीक गरेका थिए ।
जसमा सबैजसो गीत लाई सुगम साङ्गीतका श्रोताहरुले मन पराएका थिए । जसमध्य “तिम्रो सुन्दर आँखामा ” बोलको गीत लाई सर्वाधिक श्रोता/दर्शकले रुचाएका थिए । यसैको निरन्तरतास्वरुप फेरि सत्य-स्वरुप संगको सहकार्यमा दोस्रो एल्बमको तयारीको क्रममा भर्खरै मात्र ” मायालु “बोलको गीतको म्युजिक भिडियो सार्बजानीक गरेका छन ।
बिदेशमा बसेर आफ्नो मायालु लाई भेट्न आतुर प्रेमीको हर्षको भाब लाई समेटेर बनाईएको यस गीतमा आर सी थापाको शब्द तथा संगीत रहेको छ भने लोकप्रिय गायक स्वरूप राज आचार्यले स्वर भरेका छन ।
म्युजिक भिडीयोलाई प्रकाश धिताल निर्देशन गरेका छन । रिमा बिस्वकर्मा र अभिनेता जीवन भट्टराईले यस भिडीयोमा अभिनय गरेका छन भने उत्सब दाहालको छायाँकन ,टेकेन्द्र शाहको सम्पादन देख्न सकिन्छ ।