• विद्युतीय गाडी उत्पादनको होडबाजी, ७ वर्षमा साँढे २ करोड पुग्ने

    December 15, 2019     12:43 pm

    काठमाडौं २९ मंसिर । गाडी उत्पादन कम्पनीहरुबीच विद्युतीय गाडी उत्पादनमा उत्साहजनक होडबाजी देखिएको छ ।परिणामस्वरुप सन् २०२६ सम्म २ करोड ४६ लाख भन्दा बढी विद्युतीय गाडीको संख्या पुग्ने अुनमान गरिएको छ ।

    फर्च्यून विजनेस इन्साइट्सले गरेको अनुसन्धान अनुसार सन् २०२६ सम्ममा विश्वभर विद्युतीय गाडीको संख्या झण्डै साढे २ करोड पुग्नेछ ।उक्त अनुसन्धान अनुसार सन् २०१९ देखि २०२६ को बीचमा गाडीको उत्पादनमा ३२।३ प्रतिशतले बृद्धि हुनेछ । कुन क्षेत्रमा कति विद्युतीय गाडी उत्पादन हुनेछन भन्ने त्यस क्षेत्रले अपनाएको कार्बन इमिसन नियमले प्रभाव पार्नेछ ।

    युरोपले सन् २०२६ सम्ममा कार्वन इमिसन १५ प्रतिशतले घटाउने योजना बनाएको छ । युरो–६ स्ट्याण्डर्ड जस्तै भारतले अपनाएको विएस–६ स्ट्याण्डर्ड सन् २०२० को अप्रिलदेखि प्रयोगमा आउनेछ ।त्यसैगरी सन् २०२० देखि चीनले पनि चाइना–६ स्टयाण्डर्ड लागू गर्ने तयारी गरेको छ । अनुसन्धानले देखाए अनुसार युरोपमा सर्वाधिक विद्युतीय गाडी उत्पादन हुने देखिएको छ भने एशियाली मुलुकहरुमा पनि ठूलो मात्रामा विद्युतीय गाडी उत्पादन गरिनेछन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।