• देशभरका ह्याचरी उद्योग बन्द

    December 15, 2019     12:33 pm

    चितवन २९ मंसिर । लागतअनुसार मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले आइतबारबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको छ । आइतबारबाट १० दिनसम्म चल्ला उत्पादन बन्द गरिने नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले जानकारी दिए ।

    ‘१० दिन बन्द गर्दा बजार राम्रो हुन्छ की भन्ने आशाले यसो गर्न लागिएको हो,’ उनले भने, ‘बन्द गर्दा बजार कस्तो हुन्छ हेरौं न भनेर हो ।’उनका अनुसार एउटा चल्ला उत्पादनमा करिब ५५ रुपैयाँ लागत पर्छ, तर हाल चल्लाको बिक्री मूल्य ३० रुपैयाँभन्दा पनि कम छ ।

    लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो । ह्याचरी उद्योगीहरुले १० दिनसम्म कुनै पनि हृयाचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न हृयाचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने निर्णय गरेका छन् ।१० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा ३३ करोड रुपैयाँ बढी नोक्सान हुने संघका अध्यक्ष पोखरेलले बताए ।

    नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर कुखुरा चल्ला आवश्यक भए पनि हालको उत्पादन ४५ लाख छ । ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरेपछि सबैको सल्लाहमा बन्द गरिएको जानकारी दिइएको छ । यसो हुँदा एक लाख हाराहारी प्यारेन्ट घट्ने छन् ।नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । चितवनमा मात्रै १२० भन्दा बढी ह्याचरी छन् । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको बताइन्छ ।पञ्चरत्न फिड्का प्रमुख एवम् पोल्ट्री विज्ञ डा। तिलचन्द्र भट्टराईले चल्ला उत्पादन गरेर निरन्तर घाटा भोग्नुपरेकाले १० दिन बन्द गर्न लागिएको बताए । ‘आफूहरुको लागत ५५ भन्दा माथि हुन्छ १५र२० रुपैयाँ गोटा चल्ला बेच्दा भएको घाटा कसरी कहिलेसम्म सहने रु’ डा। भट्टराईले भने, ‘मैले त २० मा बेच्नुभन्दा खाल्डामा पुरिदिन भनेको छु ।’

    बजार किन यस्तो अनियन्त्रित भयो भन्नेबारेमा खोजी भैरहेको डा। भट्टराईले बताए । ‘मासुको उपभोग घटेको छैन, अण्डाको उपभोग घटेको छैन, तर निरन्तर मासु अण्डा र चल्लाको भाउ खटिरहेको छ,’ डा। भट्टराईले भने ‘आत्मनिर्भर उन्मुख पोल्ट्री क्षेत्रलाई नै असर गर्ने खेल भैरहेका छन्, यसमा हुने विदेशी लगानीले पनि थोर बहुत काम गरेको छ ।’कुखुराजन्य पदार्थको लागत मूल्य समेत पाउन नसक्नुलाई व्यवसायीहरुले चुनौतीका रुपमा लिएका छन् ।ह्याचरी उद्योग संघका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले व्यवसायीले मात्र नभई किसानले समेत उचित मूल्य नपाएको बताउँछन् । अहिले कृषकबाट जिउँदो कुखुरा १२० देखि १३० रुपैयाँ प्रतिकिलोमा उठाएर उपभोक्तासम्म पुग्दा २६० रुपैयाँ लिने गरिएको सचिव लामिछाने बताउँछन् ।

    दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो ५० देखि ५५ रुपैयाँ पुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना ६० देखि ६५ रुपैयाँ पर्दछ । लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय संकटमा परेको लामिछानेले बताए ।नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब लगानी छ । ब्यवसायीहरु बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको पोल्ट्री विज्ञ डा। भट्टराइले बताए । नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा छ ।चल्ला उत्पादन गर्ने ह्याचरीहरुको मात्र नभइ अण्डा र मासु उत्पादकहरुको अवस्था पनि दयनीय बन्दै गएको व्यवसायीहरु बताउँछन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।