December 14, 2019 10:53 pm
लण्डन – यसपटको मिस वर्ल्ड २०१९ जमैकाका टोनी एन सिंह बनेकी छिन् । १९ बर्षिय टोनी संगै फाइनलको उत्कृष्ट ५ मा फ्रान्स, भारत, जमाइका, ब्राजिल र नाइजेरियाका सुन्दरी छानिएका थिए । पेशाले माेडेल टाेनी मिस वर्ल्डमा सहभागी मध्य सबैभन्दा कम उमेरकी प्रतियाेगी हुन् । नेपालका अनष्का श्रेष्ठले ब्युटी विद परपोज अवार्ड जितेकी छिन । उत्कृष्ट १२ मा उनी बाहिरिएकी थिइन ।
लण्डनमा जारी विश्व सुन्दरीको फाइनलमा उत्कृष्ट ४० हुँदै नेपालका तर्फबाट उत्कृष्ट १२ पुगेकी अनुष्का उत्कृष्ट ५ मा अटाउन सकिनन् ।
अनुष्कासँगै केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, भारत, फिलिपिन्स, भियतनाम, जमाइका, फ्रान्स, रसिया र कोक आइसल्याण्डका सुन्दरीहरु उत्कृष्ट १२ मा पुगेका थिए । नेपालका अनुष्काले मिस वर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड जितेकी थिइन् ।