• पोखराका मुख्य चोकहरुमा आकाशे पुल निर्माण शुरु

    December 14, 2019     4:47 pm

    पोखरा । पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकहरुमा आकाशे पुल (ओभरहेड ब्रिज) निर्माण शुरुआत गरेको छ । बढ्दो सवारी चापलाई न्यूनीकरण गरी पैदलयात्रीलाई सहज आवागमन सुविधा प्रदान गर्न महानगरले सिर्जनाचोक, पृथ्वीचोक र बिपीचोकमा आकाशे पुल निर्माण गर्न लागेको जनाएको छ ।

    वडा नं ८ स्थित सिर्जनाचोकमा बन्न लागेको पुलको आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्दै पर्यटकीय शहर पोखरा शान्त, सुरक्षित र कोलाहल मुक्त छ भन्ने सन्देश विश्वलाई दिनुपर्नेमा जोड दिए । उनले भने, “ बजार क्षेत्रमा बन्ने आकाशे पुलबाट सर्वसाधारणलाई सहज हुन्छ । दुर्घटनाको जोखिमसमेत घटाउने छ । ”महानगरले रु दुई करोड ३० लाख ११ हजार लागतमा सो पुल आगामी चैत मसान्तसम्ममा निर्माण सम्पन्न हुने गरी केएम जेभिएनएस जेभी पोखरासँग ठेक्का सम्झौता गरेको छ ।

    पुलको एक स्थानबाट प्रवेश गरेपछि चारै दिशातर्फ जान मिल्ने गरी स्टिल संरचनामा निर्माण गरिने इञ्जिनीयर बाबुराम भण्डारीले जानकारी दिए । उनका अनुसार चालू वर्षभित्रमा अन्य दुई स्थानमा समेत निर्माण थालनी गरिने छ । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरामा आकाशे पुल वर्षौँदेखिको आवश्यकताका रुपमा रहेको चर्चा गर्दै यसलाई प्रदेश गौरवको योजनाका रुपमा लिनुपर्ने बताए ।

    प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आकाशेपुल निर्माण पहिलो प्रयास भएकाले निर्धारित मितिभित्रमै सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने खाँचो औँल्याए । महानगर प्रमुख मानबहादुर जिसीले आकाशे पुलसँगसँगै मुख्य चोकमा ट्राफिक बत्ती राख्ने योजनासमेत अघि बढेको जानकारी दिए । उपप्रमुख मञ्जुदेवी गुरुङ र वडाध्यक्ष रुद्रनाथ बरालले पोखरा विकास र समृद्धिको यात्रामा महानगर अघि बढेको बताइन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।