• आजबाट ‘ए’ डिभिजन लिग : उद्घाटनमा मच्छिन्द्र र ब्रिगेड ब्वाइज

    December 14, 2019     11:57 am

    नेपाली फुटबलको महत्वकांक्षी प्रतियोगिता कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिग आज (शनिबार) देखि सुरु हुँदैछ । दशरथ रंगशालामा दिउँसो ३ बजे हुने उद्घाटनमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लब पहिलाे खेल खेल्दैछन। यस सिजन राष्ट्रिय टोलीका स्टार खेलाडी भित्र्याएको मछिन्द्र लिगको उपाधि जित्ने दाउमा छ । एन्फा एकेडेमीका खेलाडीलाई पहिलो रोजाईका राखेको ब्रिगेड पनि पहिलो खेलमै मच्छिन्द्रलाई हराउने दाउमा छ । ब्रिगेडले एकेडेमीका खेलाडी सहित अनुभवी स्ट्राईकर अनिल गुरुङ र पुराना खेलाडी छानेकाे छ । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले टोलीमा राम्रा खेलाडी रहेको र छोटो समयमा पनि राम्रो तयारी गरेकोले लिग जित्ने दावी गरेका छन् ।

    ब्रिगेड ब्वाईजका म्यानेजर अर्विन गुरुङले टोलीका अनुभवी र युवा खेलाडीको समिश्रण रहेकाले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । यी दुई क्लबले जस्तै लिगमा सहभागी अन्य क्लब र प्रशिक्षक सबैले उपाधि जित्ने दावी गरेका छन् । लिगमा प्रत्येक क्लबले चार जना विदेशी खेलाडी राख्न पाउनेछन् । मैदानमा भने तीनजना विदेशी खेलाउन पाउने प्रावधान छ । ‘ए’ डिभिजन लिगमा १४ क्लबको सहभागिता रहने छ । सहभागी क्लबले कूल ९१ खेल खेल्नेछन् । लिगको अन्तिममा रहने एक टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछ ।

    कूल ६ करोड ३० लाख लगानीमा सञ्चालन हुने लिगको विजेता टोलीले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौंले सात लाख र छैटौं स्थानमा रहने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगका हरेक खेलको विजेता टोलीले छुट्टै ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यदी खेल बराबरीमा सकिएका १५÷१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    यसैगरी लिगको उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलरक्षक र प्रशिक्षकलाई जनही एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने एन्फाले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । लिगको फेयर प्ले टोलीलाई एक लाख रुपैयाँ प्रदान गरिने बताईएको छ । एन्फाले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारी खर्च स्वरुप २० लाख रुपैयाँ पनि उपलब्ध गराउने छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।