• सपनामा के देखे शुभ के देखे अशुभ ?

    December 14, 2019     11:16 am

    एजेन्सी– प्रायः मानिसहरुले सपना देख्छन् । ज्योतिष शास्त्रले सपनाका बारेमा पनि फलादेश गर्ने गर्छ । कस्तो सपना देख्दा शुभ हुन्छ र कस्तो सपना देखे अशुभ हुन्छ सवैलाई थाहा हुँदैन । हामीले आज राति सपनामा के देख्दा कस्तो फल मिल्छ भन्ने विषयमा केही जानकारी प्रस्तुत गरेका छौं ।

    यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला ? यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ । सपनामा हात्ति देख्नु भो भने यो निक्कै राम्रो मानिन्छ । हात्तिमा लक्ष्मी सवार हुने हुँदा हात्ति सपनामा देख्नु शुभ भएको ज्योतिष शास्त्रको भनाइ छ । सपनामा भैसी देख्नु भो भने मिश्रित फल मिल्छ । यो निक्कै अशुभ पनि होइन तर शुभ पनि होइन । सपनामा घोडा देख्नु भो भने यसको सुख सम्पति हात लाग्न संकेत गर्छ । गिद्ध सपनामा देख्नु भो भने तपाइँलाई समस्या पर्न सक्छ । शोख वा नकारात्मक समाचार सुन्ने समयमा यस्ता सपना देखिन्छन् ।

    मयुर देख्नु भो भने पनि तपाइँलाई शुभ फल मिल्छ । मयुरमा शनि सवार भएको देख्नु अझै राम्रो मानिन्छ । त्यस्तै सपनामा कौवा देख्नु भो भने यसले तपाइँलाई सुख शान्ति हरण हुने संकेत दिन्छ ।
    ज्योतिष शास्त्रे सपनामा कौवा देख्दा परिवारमा वादविवाद हुने र अपमान आइलाग्ने बताउँछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।