• राष्ट्रिय टिमका स्ट्राइकर विमलसहित चार खेलाडीमाथि प्रतिबन्ध

    December 14, 2019     11:06 am

    काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । स्टार खेलाडी विमल घर्ती मगर, दिनेस राजवंशी, अञ्जन बिष्ट र सन्तोष तामाङमाथि एन्फाले प्रतिबन्ध लगाएको हो ।

    एन्फाले शुक्रबार चार खेलाडीलाई कारबाहि गरेको जनाएको छ । फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ को छनोट अन्तर्गत कुवेत विरुद्धको खेल अगाडि उनीहरुले गरेको व्यवहारका कारण उनीहरुमाथि कारबाहि गरिएको एन्फाले जनाएको छ । चारै जना खेलाडी कुवेतविरुद्वको होम गेमका लागि भुटान जाने अघिल्लो राति ठमेल नाइट क्लबमा भेटिएपछि उनीहरुमाथि अनुसन्धान भइरहेको थियो।

    एन्फाका अनुसार आजैदेखि लागुहुने गरी विमल र दिनेशमाथि ९० दिनको प्रतिबन्ध लगाइएको छ । त्यस्तै, अञ्जन बिष्ट र सन्तोष तामाङलाई ४५ दिनको प्रतिबन्ध लगाएको एन्फाले जनाएको छ।प्रतिबन्धसँगै यी खेलाडीहरुले ५० हजार नगद जरिवाना तिर्नु पर्नेछ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।