• अब नेपालमै बनेको मोटरसाइकल चढ्न पाइने

    December 14, 2019     10:50 am

    काठमाडौं– नेपाली युवा उद्यमीहरुको प्रयासमा पहिलोपटक पूर्ण रुपमा नेपालमै निर्मित मोटरसाइकल सडकमा देख्न पाइने भएको छ । नेपाली युवा उद्यमीहरुको स्टार्टअप कम्पनी ‘यात्री’ले आफ्नो ‘प्रोजेक्ट जीरो’अन्तर्गत विद्युतीय मोटरसाइकल सडकमा उतार्न लागेको हो ।

    यात्रीले उक्त मोटरसाइकल १९ डिसेम्बर (३ पुस)मा सार्वजनिक गर्ने घोषणा गरेको छ । यात्रीले आफ्नो आधिकारिक वेवसाइट र ट्वीटर ह्यान्डिलमा डिसेम्बर १९ मा ‘सोकेस’का रुपमा ‘प्रिमियम इलेक्ट्रिक मोटरसाइकल’ सार्वजनिक हुने जनाएको छ ।

    सन् २०१७ मा काठमाडौंमा स्थापना भएको यो कम्पनीले सन् २०१८ देखि प्रोजेक्ट जीरोअन्तर्गत इलेक्ट्रिक मोटरसाइकल बनाउने परियोजना शुरु गरेको थियो । कम्पनीले १९ डिसेम्बरमा लञ्च हुने मोटरसाइकलका विशेषताबारे भने केही उल्लेख गरेको छैन ।

    यद्यपि, कम्पनीले आफ्नो ट्वीटर ह्यान्डमा उक्त मोटरसाइकलका केही स्केच, प्रोटोटाइप र भिडियोहरु भने सार्वजनिक गरेको छ । ट्वीटरमा सार्वजनिक गरिएको प्रोटोटाइपमा यात्रीले क्याफे रेसर डिजाइनमा उक्त मोटरसाइकल तयार गरेको अनुमान लगाउन सकिन्छ । खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।