• पीपीएलको खेल तालिका सार्वजनिक, पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच उद्घाटन खेल

    December 11, 2019     12:48 pm

    काठमाडौं २५ मंसिर । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ९पीपीएल० को उद्घाटन खेलमा साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्ने भएको छन् ।बुधबार सार्वजनिक भएको खेल तालिका अनुसार पहिलो खेल शनिबार साढे ११ बजे उद्घाटन खेल हुनेछ ।उद्घाटनसहित ९ दिन लिनको एक खेल हुनेछ भने ४ दिन दिनको ४ खेल हुने तालिका रहेको छ ।खेल बिहान ११ बजे सुरु हुनेछ भने दुई खेल हुने दिन बिहान ९ बजेसुरु हुने दोस्रो खेल पौने १२ बजे सुरु हुने तालिका रहेको छ ।

    प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज टिम रहेका छन् । प्रतियोगिता मंसिर २८ देखि पुस १२ सम्म चल्ने प्रतियोगिता पोखरा रंंगशालास्थित क्रिकेट मेदानमा हुनेछ ।लिग सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ । जसमा हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् । लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ ।

    दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छन् ।पोखरा पल्टन, विराटनगर टाइटन्स, एक्सपर्ट धनगढी ब्लुज, बुटबल ब्लास्टर्स, चितवन राइनोज रहेका छन् । अघिल्लो संस्करण घरेलु टोली पोखरा पल्टनले उपाधि हात पारेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।