December 11, 2019 12:42 pm
काठमाडौं २५ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०मा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई कामनासहित विशेष प्याकेज घोषणा गर्ने भएका छन् ।आज बुधबार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सागमा पदक विजेता नेपाली खेलाडीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।थापाले भने, ‘प्रधानमन्त्रीले आज सागका पदक बिजेता खेलाडीलाई बधाईसँगै सम्बोधन गर्नुहुनेछ । सम्बोधनमा के के हुनेछ भन्ने चाँही भरेको सम्बोधनमै थाहा हुन्छ ।’
१३ औं सागका पदकधारी खेलाडीहरुलाई वालुवाटार आमन्त्रण गरिएको छ । आज नेपाली सबै पदक विजेता खेलाडीहरुलाई बालुवाटार बोलाईएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताए ।साग शुरु हुनु अघि नै प्रधानमन्त्रीले विशेष पदक विजेता खेलाडीलाई सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम रहेपनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण स्थगित भएको थियो ।
युवा तथा खेलकुद मन्त्रालय र राखेपले मंसिर १० गते प्रधानमन्त्री केपी ओलीबाट पदक जित्ने खेलाडीका लागि विशेष प्याकेज घोषणा कार्यक्रम राखेको थियो ।तर प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि पूर्व निर्धारित कार्यक्रममा विशेष प्याकेज घोषणा हुन सकेन । सोही अनुरुप बुधबारका लागि कार्यक्रम राखिएको हो ।