• अभिनेत्री दीपिका पादुकोण ए’सिड अ’ट्याक सर्वाइभरकाे भुमिकामा ‘छपाक’

    December 10, 2019     11:23 pm

    मुम्बई । अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको ‘छपाक’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ए’सिड अ’ट्याक स’र्वाइभर लक्ष्मी अग्रवालको जीवनमाथि बनेको यो फिल्ममा दीपिकाले मालती नामकी एक साधारण युवतीको भूमिकामा निर्वाह गरेकी छन् । जसलाई केही युवकले ए’सिड अ’ट्याक गर्छन् ।

    २ मिनेट १९ सेकेन्डको फिल्मको ट्रेलर निकै दमदार र इमोसनले भरिपूर्ण रहेको छ । ‘नाक छैन, कान छैन । झुम्का कहाँ लगाउनु ?’ फिल्मको ट्रेलरमा समावेश एक डाइलग हो यो । फिल्ममा यस्ता मनछुने सम्वाद पनि छन् ।

    फिल्मको अभिनय विषयमा दीपिकाले केही समय अगाडि भनेकी थिइन्, ‘यो एक निकै महत्वपूर्ण कहानी हो र यो वास्तविक घटनामा आधारित छ । यसकारण आशा छ कि फिल्म राम्रो निस्कनेछ ।’ फिल्मको निर्देशन मेघना गुलजारले गरेकी हुन् । विक्रान्त मेसीको पनि मुख्य भूमिका रहेको फिल्म १० जनवरी २०२० मा रिलिज हुनेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।