• घरका यी सामान टुटेफुटेका छन् ? सधैं गराउँछ आर्थिक संकट

    December 10, 2019     10:51 pm

    एजेन्सी – बास्तु दोष भयो भने घरपरिवारमा आर्थिक संकटसम्बन्धी समस्याहरु आउने गर्छ । त्यतिमात्र होइन पारिवारीक माहोल पनि खटपट हुने, सधैँ असफल हुने कारण पनि बन्न सक्छ । बास्तुको अनुसार घरमा टुटेफुटेका सामान राख्दा नकारात्मक उर्जा पैदा हुन्छ । यसका साथै आर्थिक रुपमा हानी नोक्सानी हुने गर्छ । यति मात्र होइन घरमा भएका अनावश्यक टुटेका फुटेका सामानले मानसिक तनावको कारण पनि बन्ने गर्छ ।

    भाँडाकुँडा भान्साकोठामा पुराना भइसकेका र टुटेफुटेका भाँडाकुँडा राख्दा महालक्ष्मी अप्रसन्न हुने र घरमा दरिद्रताका साथसाथै आर्थिक हानी हुने गर्छ ।

    घडी बास्तुको अनुसार घरमा चल्न छोडेको वा बिग्रिएको घडी घरमा राख्नु अशुभ मानिन्छ । यसले परिवारको सदस्यको उन्नति हुन रोक्छ । साथै, यसले घरमा नकारात्मक उर्जा पनि फैलाउँछ ।

    ऐना फुटेको, चर्केको वा ऐनाको टुक्रा बास्तुको अनुसार एकदमै ठूलो दोष हो । यसले घरमा नकारात्मक उर्जा सक्रिय गराउँन मद्दत गर्छ । जसले गर्दा परिवारको सदस्य मानसिक तनावको सामाना गर्नुपर्छ ।

    खाट/पलङ यदि तपाईंको वैवाहिक जीवन सधैँ सुखद बनाउँन चाहानुहुन्छ भने घरमा भएको पलङ वा खाट भाँचिएको हुनुहुँदैन । यदि सुत्ने विस्तारा भाँचिएको छ वा टुटेको छ भने वैवाहिक जीवनमा तनाव सिर्जना हुन्छ ।

    तस्बिर घरमा राखिएको तस्बिरका फ्रेम पनि फुटेको वा चर्किएको छ भने तुरुन्तै हटाइदिनुपर्छ । च्यातिएको र यस्ता फुटेका तस्बिर राखेमा घरमा परिवारकोबीचमा मतभेद पैदा हुन्छ ।

    ढोका घरभित्र छिर्ने ढोका वा गेट टुटेको छ भने अशुभ मानिन्छ । यसबाट घरमा नकारात्मक उर्जा गर्छ ।

    फर्निचर बास्तुको अनुसार घरमा टुटेफुटेका फर्निचर राख्दा अशान्ति फैलन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।