• साग फुटबलमा नेपाल च्याम्पियन, भुटानलाई २-१ गोल अन्तरले हराउदै कीर्तिमानी स्वर्ण

    December 10, 2019     9:50 pm

    २४ मंसिर, काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए । खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २-१ को जितसँगै स्वर्ण जितेको छ ।

    फुटबलमा नेपालको यो कीर्तिमानी स्वर्ण हो । लगातार दुई संस्करणमा साग फुटबलमा स्वर्ण जित्ने देशको सूचीमा भारत र पाकिस्तानसँगै नेपाल पनि आएको छ । साथै साग फुटबलमा पाकिस्तान बनाएको चार स्वर्णको रेकर्ड भेट्टाएको छ ।

    नेपालले पछिल्लो पटकसन् २०१६ मा भारतमा भएको १२औं सागमा घरेलु टोलीलाई पराजित गर्दै स्वर्ण जितेको थियो । यस्तै सन् १९९४ को पहिलो संस्करणमै फुटबलको स्वर्ण जितेको नेपालले १९९३ मा छैटौ संस्करणमा पनि स्वर्ण जितेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।