• ढाकाचोली महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय स्थापना

    December 8, 2019     8:51 pm

    पोखरा मंसिर २२ । ढाकाचोली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ७ ले आफनो कार्यालय स्थापना गरेको छ । कार्यालयको समुद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी शाखाका शाखा संयोजक तेजनारायण अधिकारीले पोखरामा रहेका सहकारीलाई व्यवस्थित बनाएर लैजाने बताउनुभयो । उहाँले सहकारी आन्दोलनमा महिलाको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।

    गण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धु्रव पनेरुले महिला दिदीबहिनीहरुको सक्रियतामा खोलिएको सहकारी नमुना सहकारीको रुपमा स्थापित हुनेमा आफु निश्चिन्त रहेको बताउनुभयो । रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले महिलाको अर्थपुर्ण सहभागिताका लागि सम्वन्धित निकायले पहल गर्नुपर्ने बताउँदै महिलाले नेतृत्व गरेका संस्थामा पारदर्शिता र सुशासन हुने बताउनुभयो ।

    संस्थाका अध्यक्ष पार्वती पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक व्यक्तित्व विष्णु खनाल, ढाडँ आमा समुहका अध्यक्ष हरिमाया कार्की, संस्थाका सदस्य पार्वती सुवेदी, निर्मला सुवेदी लगायतले बोल्नुभएको थियो । सस्थाको उपाध्यक्ष लक्ष्मी गुरुडले धन्यवाद ज्ञापन गनुभएको कार्यक्रमको संचालन भिमा पौडेलले गर्नुभएको थियो । संस्थामा अहिले १२१ जना शेयर सदस्यहरु रहेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।