• गीता जयन्तीको अवसरमा केदारेश्वरमा विविध कार्यक्रम

    December 8, 2019     8:49 pm

    पोखरा मंसिर २२ । केदारेश्वर महादेवमणी सेवा आश्रमले विभिन्न कार्यक्रमको आयोजना गरी गीता जयन्ती मनाएको छ । आश्रमले गीता प्रवचन, श्लोकान्त अन्ताक्षरी तथा कम्प्युटर शिक्षाको शुभारम्भ गरी गीता जयन्ती मनाएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल संस्कृत विश्वविद्यालय बाल्मीकी विद्यापिठका प्राचार्य डाक्टर गणेश घिमिरेले सरकारको लापरवाहीका कारण सस्कृत शिक्षाको उत्थान हुन नसकेको बताउनुभयो । नेपालका संस्कत विद्यालय तथा गुरुकुल सञ्चालनका लागि दान मागेर चलाउनु परेकोमा दुख व्यक्त गर्नुभयो ।

    केदारेश्वर महादेवमणी सेवा आश्रमको आयोजनामा गीता जयन्तीको अवसरमा आयोजित प्रवचन कार्यक्रम बोल्दै उहाँले गीता जातजाति, भाषा, धर्म, साप्रदाय तथा बाद र सिद्धान्त भन्दा माथि रहेको बताउनुभयो । गीता अध्ययनले जीवनको सार प्रष्ट गराईदिने बताउनुभयो । त्यस्तै कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय बाल्मीकी विद्यापिठका प्राध्यापक डाक्टर रामप्रसाद पौडेलले गीताको अध्ययन विना कुनै पनि ज्ञान पुर्ण हुन नसक्ने बताउनुभयो । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय विन्ध्यवासिनी विद्यापिठका प्राध्यापक शालिकराम सुवेदी , काशी विश्वनाथ मन्दिरका पुजारी टेकनारायण पौडेल, बाह्रमण समाज नेपालका केन्द्रिय अध्यक्ष डाक्टर नारायण अधिकारी, विश्वहिन्दु महासंघ कास्कीका सदस्य भानु भण्डारी क्षितिज लगायतले बोल्नुभएको थियो ।

    केदारेश्वर महादेवमणी सेवा आश्रमका पिठाधिश डाक्टर लेखनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतव्य आश्रमका उपाध्यक्ष दयानन्द पोख्ररेल र संचालन विश्वहिन्दु महासंघका केन्दिय उपाध्यक्ष शंकर खरालले गर्नुभएको थियो । साथै गीता जयन्तीकै अवसरमामा आश्रमले आश्रममा अध्ययन गरी रहेका बटुकहरुका विचमा श्लोकान्त अन्ताक्षरी समेत गरेको छ ।

    अन्ताक्षरीमा अर्जुन खतिवडा प्रथम, विक्रम गौतम द्धितिय र लक्ष्मी घिमिरे तृतीय भएका छन् । यसै गरी आश्रमले आजको युग विज्ञान प्रविधिको युग भएको हुदाँ संस्कृत शिक्षा सँगै आश्रममा आजैदेखि कम्युटर शिक्षाको पनि शुभारम्भ गरेको छ । विभिन्न दाताहरुको सहयोगमा प्राप्त कम्प्युटरको माध्यमबाट कम्युटर शिक्षा शुभारम्भ रहेको हो । आश्रमलाई लायन्स क्लव अफ पोखरा फिस्टेल सिटिबाट ३ वटा, श्रीपति कोइराला गुठीबाट १ वटा र भगवती रेग्मीबाट १ बटा कम्प्युटर प्राप्त भएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।