• ‘सेल्फी किङ’को अफिसियल टिजर सार्वजनिक

    December 5, 2019     10:56 pm

    काठमाडौं । अभिनेता विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’को अफिसियल टिजर सार्वजनिक भएको छ । मंगलबार साँझ सार्वजनिक गरिएको टिजनरमा सफलताको उत्कर्षमा रहँदा एउटा कलाकारले देखाउने रवाफ र सफलताबाट झरेपछिको अवस्था समेत देखाउन खोजिएको छ । १ मिनेट २ सेकेण्ड लामो टिजरमा अभिनेता विपिन मात्र देखिएका छन् । ‘यो मुला स्टारडम, सेलिब्रेटी, पपुलारिटी भन्ने कुरा छ नी मूतको न्यायो मात्रै हो । एकछिन तातो हुन्छ, मज्जा आउँछ । एकछिनमा जब चिसो हुन्छ नी अनि गनाउन थाल्छ, घिन लाग्न थाल्छ’ टिजरमा बिपिनले बोलेको डाइलग हो यो । यो डाइलग अहिले फेसबुकमा भाइरल हुँदै गइरहेको छ ।

    विशाल सापकोटाको निर्देशन रहेको फिल्मको केही पहिले पोष्टर सार्वजनिक भएको थियो । हलिउड फिल्मसँग हुबहु मिल्यो भनेर पोष्टरको कारणले निर्माण युनिटले आलोचना सहनु परेका थियो । ‘सेल्फी किङ’को नामले परिचित एक हाँस्यकलाकारको जीवन यात्राको बिषयमा बनेको फिल्मको लेखन पनि निर्देशक बिशालले गरेका हुन् ।

    सुशन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी फिल्ममा छ । २४ माघबाट प्रदर्शनमा आउने यो फिल्ममा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।