• भारत ६२ स्वर्णसहित अग्रस्थानमा, नेपाल ३६ स्वर्ण सहित पछ्याउदै, कुन देशले कति जिते ? (हेर्नुहाेस)

    December 5, 2019     10:46 pm

    काठमाडौँ । १३ औंँ सागमा भारतले अग्रता कायमै राखेको छ । बिहीबार भारतले स्वर्ण पदक संख्या ६२ पुर्याएको छ । बिहीबार सार्वजनिक अन्तिम पदक तालिकाअनुसार भारतले नेपालले भन्दा २६ वटा बढी स्वर्ण पदक जितेको हो । नेपालले ३६ स्वर्ण पदक जितेको छ ।

    भारतले ४१ रजत र २१ कांस्य जित्दै कूल पदक १२४ वटा पाएको छ भने नेपाल २७ रजत र ३८ कांस्य गरी कूल १०१ पदक जित्दै दोस्रो स्थानमा छ । १७ स्वर्ण, ३५ रजत र ५५ कांस्य जित्दै तेस्रो स्थानमा रहेको श्रीलंकको कूल पदक १०७ वटा रहेको छ भने पाकिस्तान १५ स्वर्ण, २३ रजत र २४ कांस्यसहित कूल ६२ पदक जितेर चौथो स्थानमा रहेको छ ।

    बंगलादेश र माल्दिभ्स क्रमशः ४ र १ स्वर्ण जित्दै पाँचौ र छैटौँ स्थानमा रहेका छन् । जसमा बंगलादेशले ११ रजत र ४५ कांस्य पनि जितेको छ । यस्तै माल्दिभ्सले पनि थप स्वर्णसहित २ कांस्य जितेको छ । यता भुटानले भने मात्र ६ कांस्य पदकमात्रै जितेको छ । खेल मंसिर २४ सम्म जारी रहेनेछ । राताेपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।