• सुनको मूल्य घट्यो

    December 5, 2019     9:37 pm

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ७०० निर्धारण गरेको छ ।

    बुधबार छापावाला सुन प्रतितोला रु ७२ हजार २०० र तेजाबी सुन प्रतितोला रु ७१ हजार ९०० मा खरिदबिक्री भएको थियो ।

    सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी रु १५ ले घटेर प्रतितोला रु ८५० मा खरीदबिक्री भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला रु ८६५ रहेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।