• (साग)को महिला फुटबलमा नेपाल फाइनल प्रवेश,माल्दिभ्सलाई ३–० गोलले पराजित

    December 5, 2019     8:20 pm

    १९ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिकको मद्धतले माल्दिभ्सलाई हराएपछि फाइनल प्रवेश गरेको हाे । बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० गोल अन्तरले हराएको हो । अब नेपालले स्वर्णका लागि भारतसँग खेल्ने छ । यसअघि उसैसँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ ।

    राउन्ड रोबिन आधारमा भइरहेको प्रतियोगितामा नेपाल र भारतको समान ६÷६ भएको छ । दुवै टिमले श्रीलंका र माल्दिभ्सलाई नै हराएका छन् र समूह चरणको अन्तिम खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेका छन् । तर, फाइनल अघि शनिबार समूह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्ने छन् । श्रीलंका र माल्दिभ्स जितविहीन भएकाले समूह चरणको अन्तिम खेलमा जसले जिते पनि दुवै टिम फाइनलमा पुग्ने पक्का गरेका हुन् ।

    पोखरा रंगशालामा भएको खेलमा नेपालले १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतको पासमा उनले हेड गोल गरेकी हुन् । चार मिनेटपछि नै सावित्राले नै नेपालको अग्रता दोब्बर पारिन् । त्यसपछि पनि नेपाल माल्दिभ्समाथि हावी भएको थियो । तर पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा तेस्रो गोलका लागि अन्तिम समयसम्म पर्खिनुप¥यो । खेलको इन्जुरी टाइम (९१ मिनेट) मा सावित्रालाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो, जसमा उनैले गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

    सावित्राको कीर्तिमान माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेकी सावित्राले नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाएकी छिन् । उनले नेपालका लागि ३८ गोल गरेकी हुन् । बिहीबार गोल गर्नेबित्तिकै उनले अनु लामाको ३५ गोलको कीर्तिमान तोडेकी थिइन् । ‘श्रीलंकाविरुद्ध नै रेकर्ड ब्रेक गर्छु भन्ने सोचेको थिएँ, भएन’, उनले भनिन्, ‘आज सफल भएँ, खुसी छु ।’ फाेटाे : अनुप ढेवाजु

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।