• टि–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर, भुटानलाई २ सय ३७ रनको लक्ष्य

    December 5, 2019     12:16 pm

    १३ औं साग अन्तरगत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालले पहिलो इनिङमा २३६ रनको विशाल स्कोर खडा गरेको छ । यो टि–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर हो ।नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक सतक प्रहार गरे । आफ्नो खराब फर्म बिर्सदै ज्ञानेन्द्र कमजोर भुटानमाथि हावी भएका थिए । अन्तर्राष्ट्रिय टि–२० मा यो उनको पहिलो शतक हो । बलमा सतक बनाउँदा उनले ९ छक्का र ५चौका प्रहार गरेका छन् । यसअघि नेपालका लागि एक मात्र टि–२० सतक पूर्व कप्तान पारसको नाममा छ ।

    आजको म्याचमा भुटानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालको इनिङ सुरुवात गरेका पूर्व कप्तान पारस र ज्ञानेन्द्रले भुटानी बलरहरुको धज्जी उडाए । पारस २८ बलमा ५७ रन बनाएर आउट भए । तेस्रो नम्बरमा पठाइएका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ६ रन मात्रै बनाउन सके । त्यसपछि दिपृेन्द्र सिंह ऐरीले ज्ञानेन्द्रलाई बलियो साथ दिएका थिए । ज्ञानेन्द्र ५५ बलमा १ सय ७ रन बनाएर आउट भए । ऐरीले २७ बलमा २ छक्का र ४ चौकासहित ४५ रनमा अविजित रहे ।

    ज्ञानेन्द्रको शतकीय इनिङको मद्दतमा नेपालले पहिलोपटक टि–२० मा २ सयभन्दा माथिको स्कोर खडा गरेको हो । नेपालले २ सय ५० रन कटाउने सम्भावना देखिएको भए पनि १९ औं र २० औं ओभरमा नेपाली ब्याट्यम्सानले उल्लेख्य रन बटुल्न सकेनन् । अन्तिम दुई ओभरमा नेपालले १७ रन मात्रै बटुलेको थियो । अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।