• तपाइ डरलाग्दाे सपना देख्नुहुन्छ ? यस्तो हुनसक्छ कारण, छुटकारा पाउने तरिका

    December 3, 2019     10:10 pm

    सपना के हो ? यसबारे अनेक किसिमको मत छ । हाम्रो समाजमा सपनालाई कतिपय संकेतको रुपमा पनि बुझिने गरिएको छ । सपनालाई राम्रो र नराम्रो भनेर पनि छुट्याउने गरिन्छ । सपनालाई कतिले अवचेतन मनको उपज ठान्छन् । कतिले दिनभर देखेको, भोगेकै कुराको पुनरावृत्ति ठान्छन् । सपनाले पछि हुनेे घटना-दुर्घटनाबारे समेत संकेत दिने ठानिन्छ । त्यसैले डरलाग्दो वा खराब सपना देखेपछि त्यसले हामीमा चिन्ता पैदा गर्छ । कहिले कहि हामी भयानक सपना देख्छौं । भनिन्छ, यस्तो सपना देख्नुमा वास्तु दोष पनि एक हो । यसबाट छुटकारा पाउने केहि वास्तु टिप्स छ ।

    सिरानीमा चक्कु यदि राति निद्रामा डरलाग्दो सपनाले सताउँछ भने सुत्नुभन्दा अगाडि आफ्नो सिरानीमुनि एउटा चक्कु राखौं । चक्कु नभए फलामको कुनै धारिलो हतियार राखौ । यसो गर्दा वास्तुको हिसाबले तपाईं आफ्नो समस्याबाट छुट्कारा पाउन सफल हुनुहुनेछ ।

    पहेँलो चामल सुत्नुअघि आफ्नो सिरानीमुनि पहेँलो चामल राखौं । सेतो चामलमा बेसार दलेर पनि पहेँलो बनाउन सक्नुहुन्छ । यसो गर्दा तपाईं डरलाग्दो सपनाबाट मुक्ती पाइनेछ ।

    सुकुमेलको पोको राति सुत्नुअघि एउटा कपडामा सुकुमेल बाँधेर त्यसलाई आफ्नो सिरानीमुनि राखौ । वास्तुका अनुसार यसो गर्दा राति मिठो निद्रा पर्नेछ र सपना पनि राम्रो देखिनेछ ।

    तामाको भाँडोमा पानी कहिलेकाहीँ डरलाग्दो सपना नदेखे तापनि तपाईं निद्रामा आत्तिदै उठिन्छ । यदि तपाईंलाई पनि यस्तो हुन्छ भने एउटा तामाको भाँडोमा पानी भरेर आफ्नो खाटको मुनि राखौं । बिहान उठेपछि त्यो पानीलाई गमलामा हाल्नुपर्छ ।

    जुत्ता चप्पल नराख्नुस कतिपयले राति सुत्दा आफ्नो जुत्ता-चप्पल खाटमुनि नै राख्छन् । यदि तपाईंको पनि यस्तो बानी छ भने तुरुन्त सच्याउनुपर्छ । जुत्ता वा चप्पल ओछ्यानमुनि राख्दा पनि खराब सपनाहरु देखिन्छन् भन्ने वास्तुको मान्यता छ ।

    ओछ्यान सफा गरेर सुतौं यदि राम्ररी ओछ्यान सफा नगरिकन सुतिएको छ भने पनि खराब सपनाको शिकार बन्न सकिन्छ । त्यसैले सुत्नुभन्दा अगाडि ओछ्यान राम्ररी मिलाउनुपर्छ । साथै सुत्नुअघि गोडा धुने बानी गर्नुपर्छ ।

    गाढा रंगको ओढ्ने यदि तपाईं गाढा रंगको ओढ्ने ओढेर सुत्ने गरिएको छ भने त्यसलाई पनि बदल्नुपर्छ । राति डरलाग्दो सपना देख्नुको एउटा कारण यो पनि हुन सक्छ ।

    कपाल बाँधेर सुत्नु हुँदैन महिलाहरुले राति कपाल बाँधेर सुत्नु हुँदैन । राति कपाल खुल्ला छोडेर सुत्नाले मिठो निद्रा लाग्ने र राम्रो सपना देखिने विश्वास छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।