• एनएमबी बैंक टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक

    December 3, 2019     9:51 pm

    काठमाडौं– एनएमबी बैंक जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालको पहिलो बैंक बनेको छ । बैंकलाई यसका ग्राहकहरूको डाटा सुरक्षाका लागि तथा सरोकारावालाहरूको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)का उच्चतम मानकहरूको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको हो ।

    टभ राइल्यान्डका प्रबन्ध निर्देशक थोमस अन्स्र्ट गटफ्रिद फरम्यानले एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । १४५ वर्षअघि स्थापना भएको टभ राइल्यान्ड स्वतन्त्र निरीक्षण सेवाहरू र आईएसओ प्रमाणीकरणका लागि विश्वव्यापी अग्रणी संस्था हो ।

    आईएसओ २७००१ मापदण्डले एनएमबी बैंकद्वारा सूचना प्रणालीको सुरक्षाका जोखिम पहिचान, व्यवस्थापन तथा जोखिम कम गर्ने प्रक्रियाका साथै व्यवसायका लागि कार्यप्रणाली र संरचना स्थापित गरेको प्रमाणित गरेको छ । आईएसओ÷आईइसी २७००१ः२०१३ प्रमाणीकरण व्यापक रूपमा मान्यता प्राप्त तथा सूचना सुरक्षा मापदण्डहरूमा अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिएको छ। राताेपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।