• फ्रिजमा राखेको खानेकुराले मुटुलाई समेत असर

    March 31, 2019     7:52 pm

    पोखरेली न्युज पोखरा, १७ चैत /
    गर्मी मौसममा धेरैले शितलताको महसुस गर्नका लागि फ्रिजमा राखेको खानेकुरा खाने गर्छन्। कोल्ड ड्रिक्स खाने गर्छन्। धेरै गर्मी भएका बेलामा फ्रिजमा राखेको चिसो खानेकुरा खानाले तत्काल केही शितलता बनाए पनि स्वास्थ्यको हिसाबले भने राम्रो मानिँदैन।
    लामो समयसम्म फ्रिजमा राखेको चिसो खानेकुरा खानेलाई तत्काल घाटीको समस्या हुनेदेखि मुटुमा समेत समस्या हुने चिकित्सकले बताउने गरेका छन्। वजन बढाउँछ : खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ। यसको खराब असर मेटाबोलिजममा पर्छ।
    जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ। जसले गर्दा लामो समयसम्म फ्रिजमा राखिएका चिसा खानेकुरा खानु राम्रो मानिँदैन।
    टन्सिल हुन्छ : धेरै चिसो पानी पिउँदा वा खानेकुरा खाँदा सबैभन्दा बढी असर घाँटीमा हुन्छ। धेरै चिसो पानी पिउनेलाई लामाे समयसम्म टन्सिलले सताउँछ।लामो समयसम्म फ्रिजमा राखिएको चिसो खानेकुरा खानेलाई निमोनिया समेत हुने सम्मभावना हुने गर्छ। शरीरको गडबड:
    सामान्यतया शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ। यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ। तर धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन। जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ। मुटुको गति कम पार्छ : जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुन सक्छ। एक अध्ययनका अनुसार भेगिनाको
    तागतलाई उत्तेजित गरिदिन्छ। भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ। पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ। पाचन प्रक्रियामा असर : बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ। किनकि यसले रक्तसञ्चारमा असर गर्छ,जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन।एजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।