• बेगनास तालको प्रचार गर्न लेखनाथका पर्यटन व्यवसायीहरु भ्रमणमा

    March 31, 2019     7:33 pm

    पोखरेली न्युज पोखरा, १७ चैत /

    लेखनाथका पर्यटन व्यवसायीहरु गन्तव्य बेगनास तालको प्रचार गर्न पूर्वी क्षेत्रको भ्रमणका निस्केको छ । होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको टोली पर्यटन प्रवद्र्धनका लागि नेपालको पूर्वी क्षेत्रको भ्रमणमा निस्केको हो ।

    नेपाल पर्यटन वोर्डसँगको सहकार्यमा व्यवसाय तथा पर्यटन प्रवद्र्धनका लागि आफूहरु प्रदेश नम्बर १ जान लागेको भ्रमण टोलीका संयोजक तथा होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका पूर्व अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए ।

    उनले सुनसरीको धरान र झापाको बिर्तामोडमा पर्यटन प्रवद्र्धनबारे त्यहाँका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुसँग अन्र्तक्रिया गरिने बताए । टोलीले सोमबार धरानका पर्यटन व्यवसायीसँग र मंगलबार झापाको बिर्तामोडका पर्यटन व्यवसायीहरुसँग अन्र्तक्रिया गर्ने तय भएको बताए ।

    भ्रमणको मूख्य उद्धेश्य पर्यटन प्रवद्र्धन गर्नु रहेको संयोजक थापाले बताए । ‘गन्तव्य बेगनासताल’ मूल थिममा पर्यटन प्रवद्र्धनका लागि पूर्व जान लागेको बताए । अन्र्तक्रिया सकेर टोली दार्जिलिङसम्म पुगेर फर्किने थापाले जानकारी दिए । टोली चैत २२ गते पोखरा आइपुग्नेछ ।

    भ्रमण टोलीमा होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, पूर्व अध्यक्ष तथा भ्रमण टोली संयोजक दामोदरभक्त थापा, एशोसियसनका पूर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारी, कोषाध्यक्ष निलकुमारी थापामगरलगायतका होटल तथा रेष्टुरेण्ट व्यवसायी, पचभैया होमस्टेका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।