पोखरा मंसिर १५ । उपनिर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर २ मा भएकाे प्रतिनिधीसभाकाे उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी नेकपा की उम्मेदवार विद्या भट्टराई अधिकारी विजयी भएकी छिन् । नेकपा उम्मेदवार भट्टराईले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रसका उम्मेदवार खेमराज पाैडेललाइ फराकिलाे मतान्तरले पराजित गरेकी छिन् । उनले २४ हजार ३ सय ९४ मत प्राप्त गरि विजयी भए। निकटतम् प्रतिद्व’न्द्वी नेपाली कांग्रेसका खेम राज पौडेललाई ८ हजार ४ सय ३ को अन्तरले पराजित गरेकि छिन्।
नेपाली कांग्रेसका उम्मेदवार पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरे । कूल ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ४६ मत खसेको थियो । जसमध्ये ६ सय मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै समाजवादीले १ हजार ९ सय २० मत, राप्रपाले १ हजार १ सय ५३ मत पाएका छन् ।