• कास्की -२ मा मतगणना जारी, नेकपाको अग्रता

    December 1, 2019     6:03 am

    पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ ।शनिबार राती साढे १० बजे शुरु गर्ने तयारी गरिए पनि मतगणना आइतबार बिहान १:४० बजे मात्रै शुरु भएको हो। मतदान केन्द्रबाट उठाइएको मुचुल्का बारे जानकारी नगराइए पछि विवाद भएको थियो । अहिले सम्मको मतगणनामा नेपाल कम्युनिस्ट पार्टी १ हजार १ सय ६१ मतले अग्रता कायम गरेको छ ।

    पोखरा ३३ को मतगणना सम्पन्न हुँदा नेकपा, नेपाली काङ्ग्रेस भन्दा १ हजार १ सय ६१ मतले अगाडि देखिएको हो । नेकपा उम्मेदवार विद्या भट्टराईले ३ हजार २ सय ७६ मत पाएकी छिन् । नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।

    यस्तै समाजवादीले ९५, राप्रपाले ४७, साझाले ३५, नेपाली काङ्ग्रेस बिपिले ७ मत प्राप्त गरेको छ ।मतगणना पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समिती कास्कीको हलमा जारी छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।