• उपचुनाव अपडेट १ बजेसम्म ५३ प्रतिशत मत खस्यो

    November 30, 2019     2:50 pm

    काठमाडौं १४ मंसिर । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि भएको उपचुनावमा मतदान जारी छ । दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उपचुनाव भएको प्रतिनिधिसभाको एक मात्र क्षेत्र कास्की( २ मा ४५ प्रतिशत मत खसेको छ । एउटा मात्रै उपमहानगरपालिका धरानमा २ बजेसम्म ४५ प्रतिशत मत मात्रै खसेको छ ।

    केही ठाउँ बाहेक दिउँसोसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ निर्वाचन आयोगले जनाएको छ ।आज मात्रै कास्कीका बिभिन्न ४ वटा मतदान स्थलमा फरक(फरक समयमा बम विस्फोट भएको थियो भने डोटीमा पनि बम भेटिएको थियो । यस बाहेक झडप र अन्य कुनै घटना भएको निर्वाचन आयोगले जनाएको छ ।

    आज शनिबार प्रतिनिधि सभाको कास्की क्षेत्र नं। २, प्रदेशसभातर्फ बागलुङ २ ख, भक्तपुर १ क र दाङमा ३ खमा मतदान भइरहेके छ ।

    यस्तै, धरान उपमहानगरपालिका, मकालु, पिपरा, फाल्गुनन्द गाउँपालिकामा प्रमुख, खार्पुनाथ गाउँपालिकामा उपप्रमुख र ४३ वडाध्यक्षका लागि मतदान जारी छ । अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।