• सुन तस्करीमा करोडौँ राजस्व छली

    November 27, 2019     11:07 pm

    २५ किलो सुन तस्करीमा एक गिरोहले रु ३० करोड २६ लाख बिगो बराबरको राजश्व छली तथा विदेशी विनिमय अपचलन गरेको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।सङ्खुवासभाका तोप्के भोटेसमेतले २५ किलोे सुन भन्सार चोरी–पैठारी गरी राजश्व चुहावट गरेको कसुरमा रु १५ करोड १३ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा रु १५ करोड १३ लाख गरी रु ३० करोड २६ लाख बिगोबराबरको राजश्व छलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको टोलीले असोजको तेस्रो साता तोप्के भोटेको शरीर तथा झोला जाँच गर्दा बिना बिल बीजक लुकाइछिपाइ ल्याउँदै गरेको पाँच किलो सुन बरामद गरी अनुसन्धानका लागि विभागमा पठाएको थियो ।

    अनुसन्धानका क्रममा उक्त सुन तस्करीमा तोप्के भोटे, रिञ्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेको संलग्नता रहेको पाइएको विभागले जनाएको छ । तोप्चे, ग्यात्सो र रिञ्जिन भोटे पक्राउ परेका छन् भने अरू फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुले एक अर्काको बैंक खाता प्रयोग गरी पहिले पनि चार पटकसम्म यस्तै प्रकृतिको सुन भन्सार चोरी–पैठारी गरेको देखिएकाले उनीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) र (ग) बमोजिम कसुर गरेको विभागले जनाएको छ ।

    उक्त घटनामा पुष्टि हुन आएको २५ किलो सुन जफत गरी सोही ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको माग दाबीसहित आज सङ्खुवासभा जिल्ला अदालतमा मुद्दा चलाइएको विभागले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।