• निर्वाचनका लागि चार सयभन्दा बढी कर्मचारी परिचालन हुने

    November 27, 2019     11:02 pm

    कास्की क्षेत्र नं २ मा यही मङ्सिर १४ गते हुन गइरहेको प्रतिनिधिसभा पदको उपनिर्वाचनका लागि ४१० जना कर्मचारी खटिने भएका छन् । सो क्षेत्रका ८२ वटा मतदान केन्द्रमा निर्वाचन गराउनका लागि सो सङ्ख्यामा कर्मचारी परिचालन हुन लागेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी गराए ।

    प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, दुई जना कार्यालय सहयोगी र एक जना सहयोगी गरी पाँच कर्मचारी र चार जना स्वयंसेवक परिचालन हुने उनले बताए । यसैबीच निर्वाचनमा खटिने कर्मचारीहरुको तालिम सम्पन्न भइसकेको र भोलिदेखि नियुक्ति पत्र लिएर कर्मचारीहरु आ–आफ्ना मतदान केन्द्रमा परिचालन हुनेछन् । निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउनका लागि करिब ८०० को सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने कार्यालय प्रमुख सुवेदीले बताए ।

    कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । पोखरा महानगरपालिकाको ११ वटा वडा यस निर्वाचन क्षेत्रअन्तर्गत पर्दछन् । महानगरपालिकाका वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ उक्त निर्वाचन क्षेत्रअन्तर्गत पर्दछन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।